सिन्धुलीमा लागूऔषध बोकेका ट्रकसहित दुईजना पक्राउ

सिन्धुलीमा लागूऔषध बोकेका ट्रकसहित दुईजना पक्राउ
सांकेतिक तस्बिर।

सिन्धुली : सिन्धुलीमा प्रतिबन्धित लागू औषध ओसार पसारमा प्रयोग भएको ट्रकसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०१–००५ख ९२०५ नम्बरको ट्रक र उक्त ट्रकका चालक हरिवन नगरपालिका ३ सर्लाही बस्ने २९ वर्षीय किरण लामा र सहचालक लालबन्दी नगरपालिका ७ सर्लाही बस्ने २६ वर्षीय मुन्ना शेखलाई पक्राउ गरिएको हो।

उनीहरूलाई विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ४ हिरापानी चेक पोष्टमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रकमा सहचालक मुन्ना शेख बसेको सिटको अगाडि ड्यास बोर्डभित्र रहेको रातो प्लास्टिक भित्र लागू औषध गाँजा जस्तो देखिने वस्तु २६ ग्राम र सोही प्लास्टिक भित्र लागू औषध नेट्राभेट १० लेखिएको ट्याबलेटसहित पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। 

थप अन्य दुई बोतलमा समेत लागू औषध बरामद गरिएको छ।  उक्त बरामद भएको लागू औषध, गाडीसहित चालक र सहचालक समेतलाई रततापूर्वक पक्राउ गरी सिन्धुली अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.