युक्रेन युद्धलगायतका रूसी नीतिलाई उत्तर कोरियाले गरेको समर्थनको कदर गर्छु :राष्ट्रपति पुटिन

युक्रेन युद्धलगायतका रूसी नीतिलाई उत्तर कोरियाले गरेको समर्थनको कदर गर्छु :राष्ट्रपति पुटिन
फाइल तस्बिर।

उत्तर कोरियाको भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन्। उनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेका रूसी सञ्चारमाध्यममा उल्लेख छ।

'युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,' उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने। 

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले 'समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे। 

'रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्', उनले भने। दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.