रास्वपाका मन्त्रीलाई गुरूङको कटाक्ष : राजीनामा पत्र 'प्लाष्टिक कोटेड' बनाएर ८४ को चुनावसम्म राख्नुहोस्

रास्वपाका मन्त्रीलाई गुरूङको कटाक्ष : राजीनामा पत्र 'प्लाष्टिक कोटेड' बनाएर ८४ को चुनावसम्म राख्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद धनराज गुरूङले राजीनामा पत्र 'प्लाष्टिक कोटेड' बनाएर सुरक्षित राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई सुझाव दिएका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा सरकार पुरातन र कर्मकाण्डी हिसाबले चलेको र आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए। उनले राजीनामा पत्रमा  मिति मात्रै राख्न बाँकी रहेको बताएका थिए। पछिल्लो समय सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै रास्वापका मन्त्रीहरूले धम्की दिन थालेका छन्। 

मन्त्री श्रेष्ठको सोही अभिव्यक्तिलाई लिएर बुधबार प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले खल्तीमा राजीनामा पत्र राखेर पानीले भिज्ला कि भन्ने चिन्ता आफूलाई लागिरहेको टिप्पणी गरे। उनले त्यसलाई 'प्लाष्टिक कोटेड' नै बनाएर २०८४ को चुनावसम्म सुरक्षित राख्न समेत सुझाव दिए।

'युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षको सन्दर्भमा म साह्रै  धेरै टिप्पणी गर्न चाहन्न । किन भन्दा खेरी हाम्रो युवा तथा खेलकुदमन्त्रीले खल्तीमा राजीनामा पत्रै बोकेर हिँड्नु भएको छ। यसरी धेरै कराउन मन लागेन। यहाँ धेरै कडा बोल्दाखेरी उहाँको राजीनामा पत्र निस्कियो भने अलि गाह्रो होला। तै पनि उहाँको खल्तीबाट राजीनामा पत्र निस्किहाले पनि कतिपयलाई लाग्न सक्छ फेरि कतै प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्छ कि । पर्दैन। कतिपयले उहाँको मन्त्री पद नै जान्छ कि भन्ने लागेको होला। त्यो पनि जाँदैन। बडो सजिलो छ,'उनले भने,'उहाँको खल्तीबाट राजीनामा पत्र खत्र्याक निस्किहाल्यो भने कतै पानीले भिजिहाल्छ कि भन्ने मेरो चिन्ता हो।  पानीले नभिजोस् भन्ने मेरो चिन्ता छ। पानीले भिज्यो भने त्यो च्यातिन्छ। यसैले सुरक्षित राख्नुहोस्।  राजीनामा पत्रलाई 'प्लाष्टिक कोटेड'  नै बनाएर  राख्नुहोस्। २०८४ को चुनाव अगाडिसम्म सुरक्षित राख्नहोस् भन्ने मेरो आग्रह छ।'
 

यो पनि पढ्नुहोस

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.