मटिहानी नगरपालिकामा ४० करोडको बजेट सार्वजनिक
महोत्तरी : मटिहानी नगरपालिकाले बजेट सार्वजनिक गरेको छ। १३ औ नगरसभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक बजेट सार्वजनिक गरिएको हो। बुधबार मटिहानीका मेयर हरिप्रसाद मण्डलले ४० करोड २७ लाख ६२ हजार बराबरको बजेट प्रस्तुत गरे।
बजेट प्रस्तुत गर्ने क्रममा मेयर मण्डलले नगरभरिका मखान खेतीलाई प्रवर्द्धन गर्ने किसिमको कृषि योजना रहेको सुनाएका छन्। सोही अनुरूप मखान खेतीलाई निरन्तरता दिई यसको ब्रान्डिङ गर्ने उद्देश्यले यसवर्षको बजेट विनियोजन गरिएको मेयर मण्डलले घोषणा गरिएको बजेट नीतिमा उल्लेख रहेका छन्।
१५ पालिका रहेको जिल्लामा आज एकसाथ मटिहानी नगरपालिका र महोत्तरी गाउँपालिकाले बजेट प्रस्तुत गरिरहेका छन्।