प्रधानमन्त्रीलाई लेखकको सुझाव : बजेटप्रति चौतर्फी असन्तुष्टि देखियो,पुनर्लेखन गर्नुस्

प्रधानमन्त्रीलाई लेखकको सुझाव : बजेटप्रति चौतर्फी असन्तुष्टि देखियो,पुनर्लेखन गर्नुस्
फाइल तस्बिर।

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले  बजेटप्रति चौतर्फी असन्तुष्टि देखापरेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । 

उनले बजेटमा देखिएको असन्तुष्टि नसच्चाए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गरे । मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तीका च्यात्ने,रोष्टममा मौन बस्ने लगायतका क्रियाकलाप निकै लज्जास्पद भएको उनको भनाइ छ । 
उनले सुदूरपश्चिम लगायत पुरै देशभर विनियोजन गरिएको बजेटमा कुनै सांसदले पनि चित्त बुझाउन नसकेको  धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.