अनलाइनबाटै बिरामीलाई  रिपोर्ट उपलब्ध गराइने

उपचारको क्षेत्रमा जनतालाई महशुस हुनेगरी काम भइरहेको छ : स्वास्थ्य मन्त्री

उपचारको क्षेत्रमा जनतालाई महशुस हुनेगरी काम भइरहेको छ : स्वास्थ्य मन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकको छलफलमा उठेका प्रश्नको  जवाफ दिँदै मन्त्री यादवले भौतिक पूर्वाधारमा केही कामहरू भएपनि पर्याप्त नभएकाले यो वर्षदेखि तीव्रताको साथ अगाडि बढ्ने प्रतिवद्धता जनाए।

मन्त्री यादवले  जटिल रोगको उपचार र सरकारी अस्पतालहरूमा विशेषज्ञ उपचारका लागि मन्त्रालय नयाँ जोशका साथ अगाडि बढिरहेको छ।
बताए।  

स्वास्थ्य सुधारका लागि स्पष्ट दृष्टिकोण चाहिने बताउँदै मन्त्री यादवले मन्त्रालयले स्पष्ट दृष्टिकोणसहित सुधारको नीति बनाएर काम गर्ने प्रतिवद्धता जनाए। उनले आधारभूत सेवा र विशिष्टकृत सेवालाई सवल बनाउन मन्त्रालय दत्तचित्त भएर काम गरिरहेको बताए।  

बिरामीको सहजका लागि अनलाइनबाटै रिपोर्ट उपलब्ध गराइने प्रतिवद्धता जनाए। मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनताले महशुस हुनेगरी काम भइरहेको दावी  गरे। उनले भने,' अस्पतालमा उपचार गराउन जाँदा हुने भीड व्यवस्थित गर्न,फार्मेसीमा हुने लामो लाइन व्यवस्थित गर्न, ओपीडी र शल्यक्रिया गर्न जनतालाई हुने कठिनाइ र लामो समय पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय अगाडि बढेको छ।'


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.