घाटवेशीको जोखिम पुल मर्मत गर्न सांसदको माग

घाटवेशीको जोखिम पुल मर्मत गर्न सांसदको माग

गोरखा : गोरखाको घाटवेशीको जोखिम पुल तत्काल मर्मत गर्न प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले माग गरेका छन्। भीमसेनथापा गाउँपालिका- ८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ को बुटार जोड्ने झोलुङ्गे पुलको अवस्थाको बारेमा संसदमा जानकारी गराउँदै ढकालले यथाशफघ्र सो पुल मर्मतसम्भार गर्न माग गरेका हुन्। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले २०५१ सालमा बनेको र पुल बनाउँदादेखि नै काठको फलेक राखेर बनाइएको र त्यसपछि मर्मतको लागि कुनै बजेट नपरेको बताए।

जीर्ण पुलबाट धादिङको बुट्टारदेखि बालबालिकाहरु दिनहुँ जोखिमपूर्ण यात्रा गर्दै गोरखाको महादेवटारस्थित जागेश्वर माविमा अध्ययन गर्न आउने विद्यार्थीको पिडा मनन गर्न सरकारको ध्यानाकर्षण गरे।

सांसद ढकालले दिनहुँ किसानहरुसमेत वारिपारी गर्नु पर्ने उक्त पुल यदि केही दिनभित्र मर्मत नगर्ने हो भने यहाँ रोपाइको लागि हिँडाइएको गोरुको समेत कर्णाली(दैलेख)मा खच्चडको जस्तै हालत हुनेबारे सरकारलाई सचेत गराए।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.