सर्वोच्चको संवैधानिक इजलासले गर्‍यो रिट खारेज

निर्वाचन बदरको माग गर्दै झलनाथ खनालले सर्वोच्चमा हालेको मुद्दा हारे, बस्नेतलाई नै वैधानिकता

निर्वाचन बदरको माग गर्दै झलनाथ खनालले सर्वोच्चमा हालेको मुद्दा हारे, बस्नेतलाई नै वैधानिकता

काठमाडौं :  इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेका छन्। निर्वाचन बदर गरी पुन निर्वाचन गराई पाउँ भन्दै खनालले हालेको मुद्दा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो।

२०७९ मङ्सिरमा भएको निर्वाचनको नेता खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका थिए। बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए। आफूले हार व्यहोर्नु परेपछि खनाल सर्वोच्च पुगेका थिए। निर्वाचनको मतदानमा धाँधली भएको दाबीसहित नेता खनालले इलाम १ मा पुन:निर्वाचन गर्न माग गरेका थिए। 

रिट खारेज भएसँगै बस्नेतले वैधानिकता पाएका छन् । खनालको रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएपनि त्यसपछि सुनुवाइ हुन सकेको थिएन। आज विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, मनोजकुमार शर्माको पूर्ण/ संवैधानिक इजलासमा मुद्दा परेको थियो।  

यसैगरी दोहर्याई मतगणना गरी पाउँ भनेर मुद्दा दायर गर्ने सुरेन्द्र प्रसाद चौधरी, महेन्द्र यादबको पनि रिट खारेज भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.