कांग्रेसले शुक्रबार बोलायो संसदीय दलको बैठक

कांग्रेसले शुक्रबार बोलायो संसदीय दलको बैठक
फाइल तस्बिर।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार शुक्रबार दिँउसो ३ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो।

संसदीय दलको बैठक अगाडि संसदीय दल कार्यसमितिको बैठक बस्नेछ। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठकमा सदनमा छलफल  भइरहेको बजेट, समसामयिक विषयर संसदमा कांग्रेसको रणनीतिका विषयमा छलफल हुनेछ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक लेखकले  बजेटप्रति चौतर्फी असन्तुष्टि देखापरेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

उनले बजेटमा देखिएको असन्तुष्टि नसच्चाए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गरे। मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तिका च्यात्ने, रोष्टममा मौन बस्ने लगायतका क्रियाकलाप निकै लज्जास्पद भएको उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.