टी–२०  विश्वकप : अमेरिका १८ रनले पराजित, दक्षिण अफ्रिकाको लगातार पाँचौ जित

टी–२०  विश्वकप : अमेरिका १८ रनले पराजित, दक्षिण अफ्रिकाको लगातार पाँचौ जित

काठमाडौं : आइसिसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ। दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो। 

१९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनमा समेटियो। अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए। उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए। 

त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए। स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे। 

दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो। क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन्। 

कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए। अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई/दुई विकेट लिए। 
–रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.