युरोकप फुटबल : हंगेरीलाई २ गोलले पराजित गर्दै जर्मनी शीर्ष स्थानमा
युरोकपमा आज इंग्ल्याण्ड र डेनमार्क, स्पेन र इटाली, स्लोभेनिया र सर्विया खेल्दैछन्।
काठमाडौं : युरोकप फुटबलमा आयोजक जर्मनी अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा प्रवेश गरेको छ । युरोकप समूह ‘ए’ अन्तर्गतको गएराति भएको खेलमा जर्मनीले हंगेरीलाई २-० गोलले पराजित गर्दै शीर्ष स्थानमा प्रवेश गरेको हो।
जर्मनीको जितका लागि जमल मुसियाला र गुन्डोगानले एक-एक गोल गरेका हुन्। मुसियालाले २२ औं मिनेटमा र गुन्डोगानले ६७ औं मिनेटमा गरेको गोल गरेसँगै जर्मन विजयी भएको हो।
गएराति नै भएको समूह ‘ए’ को अर्को खेलमा स्वीट्जरल्याण्ड र स्कटल्याण्ड ले १-१ गोलको बराबरी खेलेका छन्। योसँगै दुई देशले अंक बाँडेका हुन्।
युरोकपमा आज इंग्ल्याण्ड र डेनमार्क, स्पेन र इटाली,स्लोभेनिया र सर्विया खेल्दैछन्।