खडेरी :  कति खतरा ?

खडेरी दिगो विकासका लागि सबैभन्दा ठूलो खतरा हो ।

खडेरी :  कति खतरा ?

विश्वमा जलवायु परिवर्तन मुख्य समस्याको रूपमा आइरहेको छ। जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकूल असरसमेत परिरहेको छ। विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रोजस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन्। विश्वमा बढ्दो घनाबस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्यास उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकीरण पृथ्वीको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ जसका कारण हिमशृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमिनको मरुभूमीकरण, बाढीपहिरो, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्ने, वन्यजन्तु लोप हुने, महामारी, रोग फैलने,  विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबढ हुँदै जाने आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन्। साथै सोबाट विभिन्न महामारी तथा संक्रमण पनि बढिरहेको अवस्था छ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन्। यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्दछ। जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन। मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ। मानिसको अस्तित्वको लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन्। वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो। मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट। 

वातावरण विनाशबाट विश्वमा नै खडेरी पर्ने सम्भावना छ। प्रकृतिलाई सुहाउँदो वातावरण सिर्जना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्न आजको आवश्यकता हो। यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगत्मा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ मा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन्। यस वर्ष ‘युनाइटेड फर ल्यान्ड ः आवर फ्युचर’ भन्ने नारासाथ दिवस मनाइयो। विश्वमा मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै २१औं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो। खडेरी दिगो विकासको लागि सबैभन्दा ठूलो खतरा हो। सन् २०५० सम्ममा यसले विश्वको तीन चौथाइ जनसंख्यालाई असर गर्न सक्छ भनी अध्ययनले देखाएको छ। अघिल्लो दुई दशकको तुलनामा सा् २००० यता खडेरीको संख्या र अवधि २९ प्रतिशतले बढेको छ। विश्वभरि २.३ विलियनभन्दा बढी मानिसहरू पानीको संकटमा हुन्छन्। यो डरलाग्दो विपद् हो। वास्तवमा कुनै पनि देश योबाट मुक्त हुने छैन।  

खडेरीलाई प्राकृतिक असरको रूपमा पनि लिइन्छ। प्राकृतिक विनाशको कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमशः अनुत्पादक भई खडेरीको कारण मरुभूमिमा परिणत हुँदै गरिबी बढाउँछ। प्राकृतिक स्रोत दोहनको कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरण ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ। मलिलो उर्वर खेतीबालीभन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषि योग्य जमिन नाश भएको छ। यसको उदाहरणको रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ। वास्तवमा कृषि उपज क्षेत्र माथि घडेरीमा परिणत गर्दा हामीले बहादुरी सम्झन्छौं तर खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझ पचाइरहेका छौं। यथार्थ कुरा तीतो हुन्छ। तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्दछ। भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो। नेपाल एक कृषि प्रधान देश हो। यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गमस्थल रहेको छ। समुद्री सतहबाट ६०–८८४८ मि. उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्न लायक छ। ६६ प्रतिशत जनसंख्या पूर्ण रूपमा कृषिमा निर्भर रहेको छ जसमा देशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको करिब ३३.६ प्रतिशत योगदान रहेको मानिन्छ। 

विश्व मानचित्रमा भूमाफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुपयोग र भूउपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् भने हाम्रो देश नेपालमा दुई दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने जग्गामा बाटो, नदीनाला तथा पोखरी, ताल, रमणीय प्राकृतिक स्रोत एवं अन्न उत्पादन हुने उर्वरा भूमिको बली चढाएका छौं ! हामीलाई थाहा नै छैन माटो, पानी, आकाश, अग्नि र हावा पञ्चतŒव संरक्षण गर्नुपर्छ भन्ने कुरा। थाहा पाए पनि बुझ पचाइरहेका छौं। 

अतः प्राकृतिक स्रोत विनाश नहुने गरी उपयोग गर्नुपर्दछ। माटोलाई खनिखोस्री कृषि कर्ममा लागि खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन हरियाली बनाउने वातावरणको आवश्यकता छ। जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ। त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्कता हो। यस कार्यको लागि स्थानीय सरकारको महŒवपूर्ण भूमिका रहन्छ। तवमात्र हरेक वर्ष जुन १७ मा मनाइने विश्व खडेरीविरुद्ध संघर्ष दिवसले सार्थकता पाउनेछ।

अधिकारी, नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या, एवं वातावरण शिक्षामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि  हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.