निर्वाचन जित्‍न कांग्रेसभित्रै गठबन्धन आवश्यक छ,अन्य दलसँग गर्नुपर्दैन : कोइराला

निर्वाचन जित्‍न कांग्रेसभित्रै गठबन्धन आवश्यक छ,अन्य दलसँग गर्नुपर्दैन : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्रै गठबन्धन गरे अन्य दलसँग गठबन्धन गर्नु नपर्ने दाबी गरेका छन्। बिहीबार नेपाल महिला संघको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै  कोइरालाले निर्वाचन जित्न अन्य दलसँग नभई पार्टी भित्र गठबन्धन गर्नु आवश्यक रहेको धारणा राखेका हुन्। 

‘हामीहरु गठबन्धन गर्छौं। गठबन्धन गर्दाखेरि घात र अन्तर्घात हुन्छ भनिरहेका छौं राजनीतिक दलबीचमा। हामी गठबन्धनहामीहरु बीचमा गरौं । मलाई के लाग्छ भने नेपाली कांग्रेसबीच गठबन्धन गर्‍यौँ भने अन्य दलले हराउन सक्दैन। अन्य दलसँग गठबन्धन गर्नै पर्दैन।’ उनले भने,‘राष्ट्रियता, प्रजातन्त्र, समाजवादको बारेमा हामी जेकुरा गर्छौं त्यो अरु दलले गर्दैनन्।’

कोइरालाले अबको निर्वाचनमा महिलालाई पालिकाको अध्यक्षको उम्मेदवार बनाउनुपर्ने धारणा राखे।‘प्रदेश र संघको निर्वाचनमा त ३३ प्रतिशत आरक्षण छदैछ।’ ‘समानुपातिकामा फरक पार्टीका महिला-महिलाबीच नै प्रतिस्पर्धा गरेर अगाडि बढाउनुपर्छ। अहिलेदेखि नै रणनीति बनाउनुपर्छ।’

उनले महिलाको नेतृत्व वर्चश्व भएका विश्वका देश र स्थानमा सुशासन बढी र भ्रष्टाचार कम भएको दाबी गरे। उनले भने,‘हाम्रो देशमा भ्रष्टाचार बढेको छ। सुशासन र पारदर्शिता त छँदै छैन।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.