प्रधानमन्त्रीले भारत भ्रमणबारे सदनलाई गराए जानकारी

प्रधानमन्त्रीले भारत भ्रमणबारे सदनलाई गराए जानकारी

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्। सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे जानकारी गराएका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमणमा गएका थिए। 

उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे सदनमा जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको थियो।

उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका विषयमा पनि सदनमा जानकारी गराए।

व्यस्तता कारण विदेश भ्रमणबारे सदनमा जानकारी गराउन ढिलाइ भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.