नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण गर्ने सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण गर्ने सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए ।

‘नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,’  प्रधानमन्त्री प्रचण्डले भने,‘रामायण सर्किट लगायतका शिव, बुद्ध र किँरात सर्किटहरुको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ ।’  

उनले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले देशका विभिन्न भागमा रहेका गुठी जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.