दक्षिण अफ्रिकासँगको हारले हामी खेलाडीलाई पनि धेरै निरास बनायो : कप्तान पौडेल

दक्षिण अफ्रिकासँगको हारले हामी खेलाडीलाई पनि धेरै निरास बनायो : कप्तान पौडेल

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनाएको बताएका छन्।

उनले समर्थकहरूमात्र होइन, टिमका सबै सदस्यहरू निरास भएको बताए। 'दक्षिण अफ्रिकाविरुद्धको खेल लगभग जितिसकेका थियौं। तर, अन्तिम समयमा पराजय भोग्नुपर्‍यो। त्यसको पीड फ्यानहरूलाई मात्र भएन, त्यतिकै निरास हामी खेलाडीहरू पनि भयौं,' कप्तान पौडेलले भने।

उनले विश्वकपमा ब्याटिङमा कमजोरी देखिए पनि उत्कृष्ट प्रदर्शन गरेको बताए। तीनवटै खेलमा ब्याटिङ नचलेपछि हार्नुपरेको उनको भनाइ छ। 'विश्वकपमा ब्याट्समेनलाई च्यालेन्ज नै थियो। तैपनि हामीले तीनवटै खेलमा फाइट गर्‍यौं। दक्षिण अफ्रकाविरुद्ध त जित्नै लागेको खेल पनि गुमाउन पुग्यौं,' उनले भने।

उनले नेपाली टोलीले राम्रो टिमसँग खेल्न आवश्यक रहेको बताए। 'विश्वकपमा मात्र होइन। अब हुने जनसुकै खेलमा पनि हामी राम्रो चुनौती दिन्छौं। त्यसका लागि राम्रो टिमसँग खेल्न जरुरी छ। श्रीलंका, बंगलादेश, साउद अफ्रिकाजस्ता टिमसँग खेल्न जरुरी छ। खेलालाई पनि एक्सपोजर दिन आवश्यक छ,' उनले भने। 

उनले खेलमा ३० प्रतिशतले मात्रै सफलता पाउने गरेको बताए। 'स्पोर्ट्समा सधैं जितिन्छ भन्ने हुँदैछ। खेलमा ७० प्रतिशत फेलियर हुन्छ। ३० प्रतिशतले मात्र सफलता पाउँछ। पछिल्लो दुई वर्षमा हामीले धेरै सफलता पाएका छौं,' उनले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.