तेस्रो संस्करणको एनओसी अवार्ड हुँदै

तेस्रो संस्करणको एनओसी अवार्ड हुँदै

काठमाडौं : नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डेको अवसरमा तेस्रो संस्करणको एनओसी अवार्ड आयोजना गर्ने भएको छ।

ओलम्पिक कमिटीले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आगामी असार ९ गते ओलम्पिक डेको अवसरमा तेस्रो संस्करणको एनओसी अवार्ड २०२४ आयोजना गर्न लागिएको जानकारी दिएको हो। 

एनओसी अवार्डमा सात विधा समावेश गरिएको छ। जसअनुसार एनओसी उत्कृष्ट पारा एथलेटिक, एनओसी उत्कृष्ट पुरुष एथलेटिक, एनओसी उत्कृष्ट महिला एथलेटिक, एनओसी उत्कृष्ट पुरुष कोच, एनओसी उत्कृष्ट महिला कोच, एनओसी उत्कृष्ट संघ र एनओसी उत्कृष्ट खेल पत्रकार विधा छन्। 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सन २०२२ देखि सुरु गरिएको अवार्ड कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने जानकारी दिए। विगतमा दिनमा ओलम्पिक डे रन भनेर चिनिने भएपनि त्यसपछि ओलम्पिक डेको रूपमा मात्र मनाउन थालिएको उनको भनाइ छ। ओलम्पिकलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि नेपालमा खेल क्षेत्रलाई उत्साहित गर्दै अघि बढाइने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.