मधेसमा आर्थिक सुशासन कायम गर्छौं : अर्थमन्त्री साह
महोत्तरी : मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले भ्रष्टचार र कमिशनजस्तो विसंगतिलाई अन्त्य गर्ने बताएका छन्। उनले कुनै पनि हालतमा आर्थिक सुशासन कायम राख्ने प्रतिबद्धता जनाए।
बिहीबार महोत्तरीको गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रमबीच मन्त्री साहले आफूले अर्थमन्त्री सम्हालेको दिनदेखि प्रदेशभरिमा आर्थिक सुशासनका निम्ति विशेषरूपमा पहलकदमी गर्दै आएको बताए।
उनले भने, 'आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट नीतिमा वितीय समानीकरण ढंगले बजेट बाँडफाँड भएको छ। जसले गर्दा यसभन्दा अगाडि हुँदै आएको भेदभावको नीति यसपटक निश्चितरूपमा हटेको छ। आर्थिक पारदर्शी कायम राख्नका लागि यसपटकदेखि विचौलिया सिस्टमलाई मधेस सरकारले हटाएको छ। अब चियापसल वा पास पसलमा मधेसका योजना बिक्री हुने बेथितिको परम्परालाई अन्त्य भएको छ।'