मासपुरवासी भन्छन्, ‘नेताहरू भोट माग्न आउँछन्, विकास कहिल्यै आउँदैन’

मासपुरवासी भन्छन्, ‘नेताहरू भोट माग्न आउँछन्, विकास कहिल्यै आउँदैन’

हुम्ला : ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँकी जौला रोकाया २०७४ को स्थानीय तहको निर्वाचन हुँदा निकै खुसी थिइन्। २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले उनलाई गाउँमा नयाँ उत्साह ल्याउने आशा थियो। 

त्यसबेला नेताहरू गाउँमै सिहंदरबार आइपुग्छ भनेर भाषण समेत गर्थे। ‘गाउँमा सिंहदरबार होइन रहेछ नेताहरु भोट मात्रै माग्न आएका रहेछन्,’ स्थानीय जौला रोकायाले भनिन्। गाउँमा कोही बिरामी भएपछि डोकोमा नै बोकेर गाउँपालिका केन्द्र छपेरलासम्म धाउनुपर्ने बाध्यता छ। 

‘हाम्रा गाउँ ठाउँका दुःख कसैले देख्यानाई (देख्दैन)। विकास दिएका छैनन्। गाउँपालिका केन्द्र पुग्न ज्यानकै बाजी राखेर छरी भिरको पहरोबाट आउजाउ गर्नुपर्छ,’ रोकायाले दुखेसो गरिन। छरी पहरो भीर बाटो राम्रो भइदिए पालिकासम्म आउजाउ गर्न सहज हुने उनले बताइन्। 

गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा समेत नभएको रोकायाको भनाइ छ। स्थानीय तह आएको झण्डै ७ वर्ष भइसके पनि मासपुर गाउँका जनताका समस्या जिउँका तिउँ रहेको अर्की स्थानीय कोसकला बुढाले बताइन्।

मासपुर गाउँका जनतालाई जंगली जनावर जस्तो व्यहार गरेका बुढाले अन्नपूर्ण पोस्टसँग गुनासो गरिन्। भोट माग्न आउँदा गाउँका सोझासाझा जनतालाई विभिन्न आश्वास बाँडेर जाने र निर्वाचित भएपछि फर्केर पनि नआउने उनले बताइन्। 

स्थानीय कातिके बुढाले स्थानीयवासीको चाहानाअनुरूप जनप्रतिनिधिहरूले काम नगर्दा यतिबेला जनता निराशा हुन थालेका बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.