८ देशका राजदूत सिफारिस, भारतमा पूर्व मुख्यसचिव रेग्मी, अमेरिकामा घिमिरे

८ देशका राजदूत सिफारिस, भारतमा पूर्व मुख्यसचिव रेग्मी, अमेरिकामा घिमिरे

काठमाडौं : सरकारले ८ देशका राजदूतहरू सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतसहित ८ देशका राजदूतहरू सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार भारतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। त्यस्तै अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा डा. विजन पन्त, डेनमार्कमा सुम्निमा तुलाधार, स्पेनमा पुष्पराज राजकर्णिकार, दक्षिण कोरियामा सुशील प्याकुरेल, मलेसियामा नेत्रप्रसाद तिमल्सिना र साउदी अरबमा अबुसुफ्यान खान मुसलमान सिफारिस भएका छन्। 

सरकारले केही दिनअघि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। गठबन्धनमा आबद्ध प्रमुख दलहरूले राजनीतिक भागबण्डका आधारमा राजदूत सिफारिस गर्ने सहमति गरेका थिए। सोहीअनुरुप एमाले, माओवादी र जसपाबाट ८ जना राजदूतहरू सिफारिस भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.