बुद्ध को जन्मभूमि लुम्बिनी जुन यतिबेला ‘मिनी वर्ल्ड ’का रूपमा परिचित छ। जहाँ विश्वका २९ राष्ट्रका बौद्ध संस्कृति, कला देख्न सकिन्छ।
८० वर्षको उमेरसम्म धर्म देशना गरेर कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा गौतमबुद्धले आफ्ना अनुयायी आनन्दलाई भने, तथागत जन्मिएको स्थान अर्थात् लुम्बिनी पवित्र स्थान हो। बुद्धको महापरनिर्वाणपछि ईशापूर्व २५३ मा मगधका सम्राट् अशोक बुद्धजन्मस्थल खोज्दै लुम्बिनी आए, पूजा अर्चना गरे। ‘हिद बुद्ध जायते’ शब्दसहित २८ शब्द कोरेर अशोकस्तम्भ खडा गरे।
अशोक फर्किएको ६ शताब्दीपछि चिनियाँ यात्री स्रङ सी तीर्थयात्रीका रूपमा लुम्बिनी आए। जसले मायादेवी मन्दिर, बुद्धको पाइला भएको शिला रहेको यात्रा वर्णन लेखे। इ.स. ४०३ तिर चिनियाँ यात्री फाहियान लुम्बिनी बगैंचामा आए। तलाउ र अशोक स्तम्भ देखे। इ.स. ६३६ को अन्त्यतिर अर्का चिनियाँ भिक्षु ह्वेनसाङ लुम्बिनी आउँदा अशोकस्तम्भसहितका संरचनाहरू लुम्बिनीमा देखिए।
सन् १३१२ मा खस राजा रिपु मल्ल लुम्बिनी आउँदा अशोकस्तम्भ जमिन बाहिरै थियो। अशोक स्तम्भ नै चिनारी रहेको लुम्बिनी विस्तारै जमिनमुनि विलय हुँदै गयो। सन् १७९६ मा पाल्पाका बडाहाकिम खड्क शमशेरले अशोक स्तम्भको पहिचान पाए। पुरातत्त्वविद्हरूले स्तम्भमा अशोकले कुँदेका अक्षरको शब्द केलाए। जसबाटै बुद्धको जन्मभूमि लुम्बिनी रूपन्देहीमा भएको पहिचान भयो। र, अहिले ‘मिनी वल्र्ड’का रूपमा परिचित छ। अर्थात् यहाँ विश्वका २९ राष्ट्रका बौद्ध संस्कृति, कला देख्न सकिन्छ।
विश्वभरको कुल जनसंख्याको सात प्रतिशत बौद्ध मार्गीको आस्थाको केन्द्र हो, लुम्बिनी। जुन जनसंख्या नेपालको भन्दा १८ गुणा र लुम्बिनी प्रदेशको भन्दा सय गुणा बढी छ। त्यही लुम्बिनीलाई केन्द्र बिन्दुमा राखेर प्रदेश सरकारले पनि पर्यटनबाटै प्रदेश समृद्ध हुन सक्ने अवधारणा बनाएको छ। बुद्धको जन्मस्थलबाटै लुम्बिनी प्रदेश नामकरण गरिएको छ। प्रदेशको आर्थिक समृद्धिको प्रथम मेरुदण्ड नै लुम्बिनी बनेको छ।
लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल, विश्वका पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँका बौद्ध पुरातात्विक सम्पदा, बौद्ध संस्कृति र परम्परा पर्यटनका खानी हुन्। लुम्बिनी मात्रै होइन, बुद्धले २९ वर्ष बिताएको दरबार तिलौराकोट, बुद्धको अस्तुधातु स्तूप रामग्राम, मावली देवदह महत्त्वपूर्ण पर्यटकीय सम्पदा हुन्। लुम्बिनी यस अर्थमा पनि अग्रणी छ, जसले विश्वलाई शान्तिको सन्देश दिएको छ। संस्कृतिविद् प्रा.डा. गितु गिरी भन्छन्, ‘लुम्बिनी बौद्ध पुरातात्त्िवक वस्तुहरूको खानी नै रहेको छ। यहाँ धेरै अध्ययन अनुसन्धान गर्न सकिन्छ।’ उनले लुम्बिनीमात्रै लुम्बिनी प्रदेश नै सांस्कृतिक धरोहरका रूपमा रहेको बताउँछन्।
कृषि, उद्योग र पर्यटनबाट समृद्धि
रुकुमपूर्वको सिस्ने हिमालदेखि नवलपरासीको सुस्तासम्म लमतन्न रहेको लुम्बिनी प्रदेश मुलुककै मध्यभूभागमा छ। ५१ लाख जनसंख्या भएको लुम्बिनीमा बहुभाषा, जातजाति र संस्कृति छ। कैयौं पर्यटकीय सम्पदा, सांस्कृतिक धरोहर रहेको लुम्बिनीका तराईका जिल्ला अन्न भण्डार र औद्योगिक कोरिडोरका रूपमा विकसित छन्।
मुलुककै आर्थिक परिवर्तनमा परिवर्तनकारी हिस्सा रहने औद्योगिक क्षेत्र, सीमा नाका, पर्यटकीय गन्तव्य लुम्बिनी प्रदेशमा छन्। यस्तै सम्भावनालाई देखेर लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी, आर्थिक विकास, सुशासन, समता र समुन्नतिको सोच बनाउँदै तीव्र तथा दिगो आर्थिक विकाससहितको समुन्नत समाजको लक्ष्य राखेको छ।
बुद्धको जन्मस्थलबाटै लुम्बिनी प्रदेश नामकरण गरिएको छ। प्रदेशको आर्थिक समृद्धिको प्रथम मेरुदण्ड नै लुम्बिनी बनेको छ। लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल, विश्वका पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँका बौद्ध पुरातात्तिवक सम्पदा, बौद्ध संस्कृति र परम्परा पर्यटनका खानी हुन्।
प्रदेशको दोस्रो आवधिक योजनाको उद्देश्य नै कृषि, उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि लक्षित वृहत्तर रोजगारी र उद्यमशीलताको विकास गर्ने रहेको छ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुपै्र बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्त्वका सम्पदाहरूका कारण अथाह सम्भावना रहेको यो प्रदेशको आवधिक योजना, बजेट, नीति तथा कार्यक्रमले कृषि, पशुपालन, पर्यटन, उद्योग, सेवा र व्यापारलाई प्रमुख क्षेत्रको रूपमा पहिचान गरिएको छ। लुिम्बनी प्रदेशमा केही राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालनमा छन्।
यस प्रदेशमा बबई सिँचाइ आयोजना, वुटवल ग्रिड जडित सौर्य विद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, सिक्टा सिँचाइ आयोजना, सालझन्डी सन्धिखर्क ढोरपाटन सडक योजनाजस्ता प्रमुख आयोजनाको कार्य भइरहेको छ। उपरोक्त आयोजनावाहेक हुलाकी लोकमार्ग, भेरी बबई डाइर्भसन बहुउद्देश्यीय आयोजना, लुम्बिनी विकास कोषमार्फत लुम्बिनी गुरुयोजना, नारायणगढ बुटवल सडक चौडा बनाउने योजना, आदिजस्ता महत्त्वपूर्ण आयोजना प्रदेशमा छन्। यी र यस्ता आयोजनाले प्रदेशको आर्थिक सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा गत आर्थिक वर्षसम्म साढे ३० प्रतिशत योगदान छ। यहाँको प्रमुख उत्पादन धान, मकै र गहँु हो। गएको वर्ष १ करोड ३९ लाख मेट्रिकटन धान उत्पादन भएको छ। तराईका ६ जिल्लामा उत्पादित धानले सिंगै प्रदेशको आवश्यकतालाई थेग्छ। त्यसैले पहिलो
प्राथमिकतामा कृषि रहेको छ। धानपछि लुम्बिनीले तरकारी सबैभन्दा धेरै उत्पादन गर्छ।
उद्योग क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा १४ प्रतिशतको योगदान गरेको छ। १ लाख ८ हजारबढी घरेलु तथा साना उद्योग रहेका छन्। ठूला उद्योगको संख्या प्रदेशभर एक हजारभन्दा बढी छन्। लुम्बिनी प्रदेश पर्यटकीय महत्त्वको दृष्टिले अग्रणी स्थानमा छ। विश्व सम्पदा सूचीमा रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित प्राचीन कपिलवस्तुलगायतका देवदह, रामग्राम, कुदान, निग्लिहवालगायतका धार्मिक क्षेत्र रूरू, ऋषिकेश, रेसुंगा, रुन्टीगढी, स्वर्गद्वारी, जलजला, गौमुखी, बागेश्वरी, ठाकुरद्वार, सुपादेउराली, पाल्ही भगवती, मर्चवारीमाई, ऐतिहासिक स्थलको रूपमा जितगढी, रानीमहल, पाणिनी तपोभूमि, बाँके एवं बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष क्षेत्र, रामसार सूचीकृत जगदीशपुर ताल र एसियाकै ठूलो दाङ उपत्यका यस प्रदेशमा रहेका छन्।
साथै, रुकुम पूर्वमा रहेका हिमाल तथा तातोपानीका मुहान र प्रदेशका विभिन्न जिल्लामा ताल, झरना र प्राकृतिक गुफाहरू रहेका छन्। ऐतिहासिक बाइसे चौबिसे राज्यका राजधानीका रूपमा रहेका कोट र किल्लाहरू पनि यस प्रदेशमा रहेका छन्। भौगोलिक, प्राकृतिक, कला र संस्कृति, धार्मिक र जातिगत विविधता रहेकाले यो प्रदेश प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने प्रशस्त सम्भावना छ। युद्ध पर्यटनको रूपमा रोल्पाको टिला, चुनवाङ, गामलगायतका स्थलहरू पनि पर्यटकीय आकर्षणको रूपमा छन्।पर्यटन उपक्षेत्र सम्बन्धमा प्रादेशिक पर्यटन विकासको नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन, ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता, अनुमति र नवीकरण, प्रादेशिक पर्यटनको प्रवद्र्घन, प्रादेशिक पर्यटकीय पूर्वाधारको विकास, पर्यटक प्रहरी व्यवस्थापन, पर्यटकीय होटेल, रिसोर्ट, लज, ट्राभल गाइड, र्याफ्टिङ आदिको प्रवद्र्घन, दर्ता, अनुमति, नवीकरण र नियमन आदि कार्यहरू प्रदेश सरकारको कार्य जिम्मेवारीमा परेका छन्। जसको कार्य गर्दै आइरहेको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य कृषि उपजलाई उद्योगमा रूपान्तरण गर्ने र पर्यटनलाई प्रवद्र्धन गर्ने गरी सरकारले काम गरिरहेको बताउँछन्। ‘बजेटमा पनि कृषि र पर्यटनलाई हामीले प्राथमिकतामा राखेका छौं’, उनी भन्छन्।
लुम्बिनीका घुम्ने स्थल
गौतम बुद्धको जन्मस्थल : लुम्बिनीको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, लुम्बिनी। रूपन्देहीमा अवस्थित बुद्धको जन्मस्थल लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत छ। मुस्लिम समुदायको बीचमा रहेको लुम्बिनीलाई बौद्ध धर्मावलम्बी हिन्दू धर्मावलम्बीले पनि पवित्रस्थलका रूपमा लिन्छन्। यहाँ सम्पूर्ण धर्मका अनुयायीहरू भ्रमणमा आउने गरेका छन्।
मिनी वल्र्ड : लुम्बिनीमा २९ वटा देशका कला, संस्कृति झल्किने गुम्बा, बिहार निर्माण भएका छन्। जसकारण पनि लुम्बिनीलाई मिनी वल्र्डका रूपमा चिनिन्छ। मायादेवी मन्दिर, सेतो गुम्बा, शान्ति दीप लुम्बिनीका आकर्षण केन्द्र हुन्। यहाँ औसतमा दैनिक पाँच हजार बढीले भ्रमण गर्छन्।
तिलौराकोट : बुद्धसँग जोडिएका पवित्रस्थल हो, तिलौराकोट। कपिलवस्तुमा पर्ने तिलौराकोटमा बुद्धले २९ वर्ष बिताएका थिए। यहाँ ऐतिहासिक दरबारका भग्नावशेष छन्। यसलाई विश्वसम्पदा सूचीमा समावेश गर्नका लागि प्रस्ताव पेस गरिएको छ। उत्खननबाट तिलौराकोटमा महत्त्वपूर्ण भग्नावशेषहरू फेला परेका छन्। बुद्धको मावली देवदह रूपन्देहीमा छ। गौतम बुद्धकी आमा मायादेवीको जन्मभूमि, बुद्धकी धर्मपत्नी यशोधराको जन्मभूमि र वुद्धलाई लालनपालन गर्ने उनकी सानीआमा प्रजापति गौतमीको जन्मभूमि देवदह प्राचीन कोलीय गणराज्यको राजधानी हो। बुद्ध मावल आएका बेला यही दहमा पौडी खेल्ने, डुंगामा सयर गर्ने, जगंलको बीचमा पर्ने हुँदा बुद्ध दहमा आएपछि रमाइलो गरेर पनि दिन बिताउथे भनिन्छ।
जितगढीको वीरता : ऐतिहासिक तथा पुरातात्त्िवक सेनवंशीय राजाको दरबार र विश्वमा सबै ठाउँ जित्दै आएको अंग्रेजी फौजलाई परास्त गर्न सफल भएको जितगढी किल्ला मुख्य पर्यटकीय स्थल हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान (बुटवल फूलबारी) यसको नजिकमा रहेको जितगढी किल्लामा वि.सं. १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष यहा“ रहेको छ। वि.सं. १८७१ मा विश्व विजय गर्ने महत्त्वाकांक्षा बोकेको शक्तिशाली अंग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिस“ग सम्बन्धित जितगढी किल्ला तथा मणिमुकुन्द सेन उद्यान यस क्षेत्रकै लुम्बिनी पछिको पर्यटकीय गन्तव्य बनेको छ।
मानव पुर्खाको अवशेष : बुटवलदेखि ४ किलोमिटर उत्तरमा रहेको चुरे पहाडको खोचमा २०३७ सालमा १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खाको अवशेष फेला परेको थियो। सिद्धार्थ राजमार्ग छेउ तिनाउ जलविद्युत्को बा“ध क्षेत्र नजिकै ढुंगामा टाँसिएर रहेको अवस्थामा फेला परेको प्राचीन मानव अवशेष नेपाली र अमेरिकी संयुक्त अन्वेषण टोलीले पत्ता लगाएको थियो। बुटवलमा फेला परेको सो मानव अवशेष
विश्वकै दोस्रो प्राचीन मानव गुण भएको नरवानर रामापिथेकसको देब्रेपिट्टको माथिल्लो बंगारा भएको तत्कालीन अन्वेषण टोलीले पुष्टि गरिसकेको छ।
पर्यटनमा अर्घाखाँची : यहाँको ऐतिहासिक स्थलमा पाणिनी तपोभूमि, सुपादेउराली मन्दिर, ऐतिहासिक अर्घा मन्दिर, बल्कोटस्थित ऐतिहासिक पौवा, सततले गुफा, ऐतिहासिक नर्चनापुर नरपानी डा“डो, ठाडा दह, मथुरालगायतका स्थल यहा“का पर्यटकीय स्थल हुन्।
प्युठानको स्वर्गद्वारी : स्वर्गद्वारी महाभारत शृंखलाको करिब २१ सय २२ मिटर अर्थात् ६ हजार ९ सय ६० फिट उचाइमा पर्छ। परापूर्वकालमा ऋषिमुनिहरूले यसै ठाउँमा बसी जपतप गरेर स्वर्ग गएकाले यस स्थानको नाम स्वर्गद्वारी हुन गएको भन्ने कथन छ। खासगरी भारतीय धार्मिक पर्यटकहरू यहाँ धेरै आउने गर्छन्। धर्मसँगै पहाडको रमाइलो दृश्यावलोकन पनि गर्न सकिन्छ।
पाल्पाको पर्यटन : भैरव मन्दिर, ऐतिहासिक दरबार र नेपालकै महत्त्वपूर्ण मानिएको रानीमहल महत्त्वपूर्ण पर्यटकीय स्थल हुन्। पाल्पाको श्रीनगरडा“डाको पनि महत्त्व उत्तिकै रहेको छ। ढाका, करुवा, मठ मन्दिरलगायत विविध कुराबाट चर्चित रहेको ऐतिहासिक पाल्पा तालतलैयाबाट शोभायमान छ।
रुरु र रेसुंगा : ऐतिहासिक रेसुंगा डाँडा गुल्मीको चर्चित पर्यटकीय स्थल हो। कालीगण्डकी, रुरु क्षेत्रधाम, विचित्र गुफासहित कैयौं सांस्कृतिक तथा धार्मिक महत्त्वका क्षेत्रहरू गुल्मीमा छन्।
बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप, त्रिवेणीधाम, शिवपुर गढी, दाउन्नेदेवी, कैलाश आश्रम, पाल्ही भगवती, मैलाकालिका, नारायणीधाम, देउचुली, मदारबाबा, कुमारवर्ती, देवदह, महलपोखरी, मुकुन्दपुर दरबार, नन्दनताल, नन्दभाउजू ताल, सिद्धिदात्री दुर्गामन्दिर, घुमाउरीघाट, बाबावर्दगोरिया, अकलादेवी, पण्डितपुर, लक्ष्मीनारायण मन्दिरलगायतका स्थानले नवलपरासी पर्यटकीय दृष्टिमा महत्त्वपूर्ण छ।
विश्वभरको कुल जनसंख्याको सात प्रतिशत बौद्ध मार्गीको आस्थाको केन्द्र हो, लुम्बिनी। जुन जनसंख्या नेपालको भन्दा १८ गुणा र लुम्बिनी प्रदेशको भन्दा सय गुणा बढी छ। त्यही लुम्बिनीलाई केन्द्र बिन्दुमा राखेर प्रदेश सरकारले पनि पर्यटनबाटै प्रदेश समृद्ध हुन सक्ने अवधारणा बनाएको छ।
युद्ध पर्यटनमा रोल्पा
दसवर्षे माओवादी जनयुद्धको उद्गमस्थलका रूपमा लुम्बिनी प्रदेशको रोल्पालाई चिनिन्छ। तत्कालीन माओवादीले रोल्पाकै होलेरी प्रहरी चौकी आक्रमण गरी जनयुद्ध घोषणा गरेको थियो। जनयुद्धको भूमि भएका कारण यहाँ हेर्न जान चाहने पर्यटकका अतिरिक्त प्राकृतिक तथा धार्मिक हिसाबले पनि रोल्पामा पर्यटक आकर्षित गर्न सकिने अवस्था छ। धार्मिक तथा प्राकृतिक रूपमा जलजला, जुगाँरको शिवगुफा, रुन्टी, गढीलेक, होलेरीको शिवपार्वती गुफा, खुंग्रीको शिव पञ्चायन तथा त्रिवेरेश्वरी मन्दिरजस्ता क्षेत्र छन्।
युद्ध पर्यटनका हिसाबले तत्कालीन जनयुद्धका समयमा भएका थुप्रै लडाइँस्थलहरू, जनसेनाका तालिम केन्द्रहरू, गुरिल्ला ट्रेकिङ क्षेत्रहरू रोल्पामा छन्। बाँके धार्मिक पर्यटनदेखि जैविक, प्राकृतिक, जीवजन्तुबाट पर्यटकीय जिल्ला हो। बाँके राष्ट्रिय निकुञ्ज, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, रानीतलाउ, कोहलपुर गोलपार्क, सिक्टा आदि पर्यटकीय गन्तव्य हुन्।
बर्दिया राष्ट्रिय निकुञ्ज : जहाँ गोही, गंैडा, जंगली हात्ती, बाघ, विभिन्न चराचुरुंगी अवलोकन गर्न पाइन्छ। त्यस्तै चिसापानी पुल, ठाकुरद्वारा यहाँका पर्यटकीय गन्तव्य हुन्। रुकुमपूर्वको सिस्ने हिमालले सुन्दर लुम्बिनी प्रदेशको एकमात्रै हिमाल हो। गुरिल्ला ट्रेक, रुक्मिनीताल, ढोरपाटन सिकार आरक्ष यार्सागुम्बा आदिका लागि पूर्वी रुकुम प्रसिद्ध रहेको छ।
मानवनिर्मित जगदीशपुर ताल : राजधानी क्षेत्र दाङ उपत्यकाले भरिएको छ। यो उपत्यकालाई पर्यटनसँग जोड्न प्रदेश सरकारले लगानी गरेको छ। लुम्बिनी प्रदेशमा कपिलवस्तुको जगदीशपुर ताल महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। मानवनिर्मित जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो १२८ प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बासस्थान पनि हो। विश्वसम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्यएसियाबाट समेत चरा आउँछन्।
अन्तर्राष्ट्रिय विमानस्थल
मुलुककै आर्थिक विकाससँग जोडिएको महत्त्वपूर्ण गौरवका योजना लुम्बिनीमा रहेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवामा छ।
अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल तयार छ। लुम्बिनीको छेउमा रहेको यो विमानस्थलले आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास छ। ११ अर्ब लागतमा तयार भएको विमानस्थल दुई वर्षअघि उद्धाटन भएको थियो। यो क्षेत्रफलका हिसाबले मुलुककै ठूलो विमानस्थल हो। यद्यपि यहाँबाट अहिले अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन।
गौतमबुद्ध विमानस्थल निर्माण सुरु भएपछि लुम्बिनी आसपासका क्षेत्रमा करोडौंको लगानीमा होटलहरू सञ्चालनमा आएका छन्। विमानस्थल सञ्चालन नहुँदा कतिपयको निर्माण नै रोकिएको छ। कतिपय पूर्ण क्षमतामा सञ्चालनमा आएका छैनन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल विमानस्थल सञ्चालनमा सरकारबाट चासो दिएर काम हुन नसकिरहेको बताउँछन्। लुम्बिनी प्रदेशमा भैरहवामा मात्रै नभई नेपालगन्ज विमानस्थल, टरिगाउँ विमानस्थल, रेसुंगा विमानस्थल सञ्चालनमा रहेका छन्। रोल्पा र अर्घाखाँचीमा विमानस्थलको योजना रहेका छन्।
सेजले गर्दैछ उत्पादन
५२ बिघा क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा १ हजार ४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा उद्योग स्थापनाका लागि जमिनका प्लट छन्। २०५८ देखि निर्माणकार्य थालिएको यो सेजमा अहिलेसम्म २३ जना व्यवसायीले उद्योग सञ्चालनका लागि ६० वटा प्लटको सम्झौता गरेका छन्। विदेशमा उत्पादन निर्यातको योजनासहित सेजको निर्माण गरियो। तथापि उद्देश्यअनुरूप उद्योग स्थापनामा भने कठिनाइ छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार सेजमा हाल पाँच वटा उद्योग सञ्चालनमा, एउटा बन्द, एउटा उद्योग स्थापनाको तयारी, चार वटा निर्माणाधीन, तीन वटाले प्लटको अनुमति लिएको र आठ वटा उद्योग सम्झौता भएर काम अघि नबढेका छन्। जमिनको भाडा महँगो भएको गुनासो व्यवसायीको आएको छ। त्यसलाई प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर १० कायम गर्न उपयुक्त हुने भनी अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको छ।
व्यवसायीको आकर्षण बढाउन उत्पादन सुरु गरेको दोस्रो वर्षपछि कुल उत्पादनको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने प्रावधानलाई ३० प्रतिशत कायम गर्ने भनी सेज सञ्चालक समितिले निर्णय गरी संशोधनका लागि मन्त्रालयमा पठाएको छ। सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन भने सन्तोषजनक नै रहेको उद्योगीहरू बताउँछन्।
सिमेन्ट उद्योगको हब
लुम्बिनी प्रदेशको रूपन्देही, नवलपरासी र दाङमा ठूलाठूला सिमेन्ट उद्योग छन्। पाल्पा, अर्घाखाँची, प्यूठानमा रहेका चुनढुंगा खानीको उपयोग गर्दै दर्जन बढी सिमेन्ट उद्योग चलिरहेका छन्। जसले सयौं रोजगारी सिर्जना गरेका छन् भने अहिले भारतमा करोडौंको सिमेन्ट निर्यात गरेका छन्। नेपालमा सञ्चालनमा रहेका ६० सिमेन्ट उद्योगमध्ये लुम्बिनी प्रदेशमा मात्रै ४५ वटा रहेका छन्।
अर्घाखाँची, सर्वाेत्तम, प्यूठान, जगदम्बा, विजय सिमेन्टका उद्योगहरू लुम्बिनी प्रदेशमा छन्। यहाँका ठूला अन्य उद्योगले सिंगो नेपाललाई उत्पादन पुर्याएका छन्। बुटवल औद्योगिक क्षेत्र, नेपालगन्ज औद्योगिक क्षेत्रसहितका चार औद्योगिक क्षेत्र लुम्बिनी प्रदेशमा छन्। रूपन्देहीको मोतीपुरमा र बाँकेको नौवास्तामा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइएको छ। यद्यपि सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन। दुई चालु औद्योगिक क्षेत्रमा १०७ वटा उद्योग सञ्चालनमा रहेका छन्।
औद्योगिक करिडोर : औद्योगिक करिडोरका रूपमा भैरहवा–लुम्बिनी करिडोर, बुटवल–भैरहवा करिडोर, भैरहवा–परासी करिडोर र परासी–भुमही करिडोर, कोहलपुर–नेपालगन्ज, चन्द्रौटा–कृष्णनगर रहेका छन्। बैंक तथा वित्तीय संस्थाले लुम्बिनी प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामात्रै १ खर्ब ३० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ पुगेको तथ्यांक छ। भैरहवा र नेपालगन्ज भन्सार बिन्दुमा एकीकृत जाँचचौकीको निर्माण कार्य भइरहेको र कोइलाबास नाका, बर्दिया नाका आदिको विस्तार गर्न सकिने भएकाले निर्यात प्रोत्साहन भई औद्योगिक उत्पादनले भारतीय बजार पाउने सम्भावना छ।
सत्कारको संस्कृति : पूर्वपश्चिम यातायात साधनको सहजता, ठूलो सीमा नाकाका कारण लुम्बिनीमा औद्योगिक व्यवस्था फस्टाएको मात्रै छैन, रोजाइमा परेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा पर्यटन विषय प्रमुख श्रीप्रसाद भट्टराई लुम्बिनीले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सक्ने बताउँछन्। भन्छन्, ‘पर्यटनका प्रचुर सम्भावनाहरू यहाँ छन्, सत्कारको संस्कृति बढ्दै गएको छ।’