विकासको सपना बोक्ने पार्टी एमाले हो, अबको एक मात्र लक्ष्य मिसन २०८४ : मन्त्री चौधरी

विकासको सपना बोक्ने पार्टी एमाले हो, अबको एक मात्र लक्ष्य मिसन २०८४ : मन्त्री चौधरी

इटहरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन्। केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरेकी हुन्।

उनले भने,'राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो। पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो। अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ।'

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरे। उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताए।

'हामी नेकपा एमाले हौँ। हामी सबैको एउटै आँगन हो।  हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनका लागि। विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ', उनले भने, 'एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा अपेक्षा पुरा हुन सक्छन्। अब हामी कम्तीमा ५१ प्रतिशत जित्ने गरी स्थानीय, प्रदेश र संघमा जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ। हाम्रो भोलीको लक्ष्य दुई तिहाइ हो। तर अहिलेदेखि नै हामीले बढीभन्दा बढी जित्नका लागि लाग्नुपर्छ।' 

पार्टीभित्र कसैलाई पनि निषेध गर्ने गरी जान नहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.