![प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू](https://annapurnapost.prixacdn.net/media/albums/samsad-new_QKwTicL23r_HJA6YLV0xi.jpg)
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने दैनिक कार्यसूची छ।
बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधयेक २०८१ अन्तरगत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा सांसदहरूबाट प्रस्तुत खर्च कटौतीको प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी अर्थमन्त्री पुनले आर्थिक विधेयक २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
मन्त्री पुनले बैठकमा राष्ट्रिय ऋण उठाउने विधेयक २०८१, माथि र भन्सार महशुस सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)