दक्षिणी मेक्सिकोका एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या
दक्षिणी मेक्सिकोका एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्। गत जुन २ मा गुएरेरो राज्यका अर्का मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो।
मालिनाल्टेपेकमा एक भ्यानको पछाडि टाउकोको पछाडिको भागमा गोली लागेको अवस्थामा फ्लोरेसको शव फेला परेको एक मानवअधिकार अभियानकर्मीले एएफपीलाई बताए।
आदिवासी समुदायमा गएका समय बिहीबार पक्राउ परेपछि अधिकारकर्मी ती नेतालाई रिहा गर्न वार्तामा जुटेका थिए। गुरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान सुरु गरिएको र सम्भावित जग्गाको स्वामित्व विवादलाई पनि अनुसन्धानको हिस्सा बनाइएको बताएका छन्।
गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान सुरु भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको गैरसरकारी संस्था डाटा सिभिकाले जनाएको छ। मेक्सिकोको प्रशान्त महासागरीय तटमा रहेको लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक गुरेरोमा सन् २०२३ मा एक हजार ८९० जनाको हत्या भएको थियो।