४ अर्बमाथिको सेयर कारोबार , पाँच कम्पनीको उच्च कारोबार, कसको घट्यो ?

४ अर्बमाथिको सेयर कारोबार , पाँच कम्पनीको उच्च कारोबार, कसको घट्यो ?

काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अडिएको छ।सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा अडिएको छ।

यसदिन ३१७ स्क्रिप्सको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४  अर्ब  ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले घटेको सेयर बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था,साधना लघुवित्त वित्तीय,मैलुङ्ग खोला जल विदयुत र नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल फाइनान्सको १३ करोड,रिलाइन्स फाइनान्सको १३,माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोपावरको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.४९ प्रतिशतले बढ्यो। अदर्श र ट्रेडिङ समूहको उपसूचक क्रमश:०.२५ र०.६६ प्रतिशतले बढ्यो।

ग्लोबल आइएमई लघुवित्त वित्तीयका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ६.५८ प्रतिशत घट्यो।  यसैगरी सनराइजको ५.२४,कालिका लघुवित्त वित्तीयको ५.१८,उपकार लघुवित्त वित्तीयको ५.११ र बराही हाइड्रोपावरको सेयर ४.४२ प्रतिशतले घट्यो। 

तीन समूहको उपसूचक बढ्दा १० समूहको उपसूचक भने नकारात्मक देखिएका छन्। कारोबारमा आएका ७८ स्टकको मूल्य बढ्दा १६४ वटाको मूल्य भने घट्यो। कारोबारमा आएकामध्ये ५ स्टकको मूल्य भने स्थिर रह्यो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.