५ अर्बमाथिको सेयर कारोबार, दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन नेप्स परिसूचक सामान्य अंकले बढेको छ। आइतबार ५.३७ अंकले घटेर बन्द भएको नेप्से यसदिन ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा कायम भएको हो।
सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले बढेर ३६४.८१ विन्दुमा अडिएको छ। नेप्से परिसूचक सामान्य अंकले बढेले पनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ। आज ५ अर्बमाथिको सेयर कारोबार भएको छ। आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
यसदिन ३२२ स्क्रिप्सको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँमा खरिदबिक्री भए।
नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्दा मकर जितुमाया सुरी हाइड्रोपावरको ७.२१ प्रतिशत,शिव श्री हाइड्रोपावरको ६.९१ प्रतिशत र आरम्भ चउतारी वित्तीय संस्थाको सेयर ६.३९ प्रतिशतले बढ्यो।
आज कारोबार रकमका आधारमा मेरो माइक्रो फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको १८ करोड,पोखरा फाइनान्सको १६ करोड,माउन्टेन इनर्जी नेपालको र मञ्जुश्री फाइनान्सको १४/१४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। छ वटा समूहको उपसूचक बढ्दा ७ वटाको सूचक भने नकारात्मक देखिएका छन्।
यसदिन डेभलपमेन्ट बैंकको १.५६,फाइनान्सको २.११,हाइड्रोपावरको ०.१९,माइक्रो फाइनान्सको १.३६ ,म्युचुअल फण्डको ०.५१ र अदर्शको ०.०३ प्रतिशतले सूचक बढेको हो।
बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ७.०१ प्रतिशतले घट्यो। कारोबारमा आएका १४२ स्टकको मूल्य बढ्दा ९४ वटाको घट्यो भने ११ वटाको मूल्य स्थिर रह्यो।