कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका कैदी पक्राउ
कपिलवस्तु : कपिलवस्तु कारागारबाट १४ वर्षअघि सुरुङ खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।
२०६६ माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदी सुरुङ खनेर भागेका थिए। पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ। उनलाई प्रहरीले कपिलवस्तु कारागार बुझाएको छ।
प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूको कैद अवधि १ सय ४७ वर्ष १० महिना बाँकी रहेको प्रहरीले जनाएको छ।