नवजात शिशुसँगै गोठमा बस्न बाध्य छिन् वसन्ती

नवजात शिशुसँगै गोठमा बस्न बाध्य छिन् वसन्ती

हुम्ला : ताजाँकोट गाउँपालिका-३  दुर्गम मासपुर गाउँकी वसन्ती रोकाया सुत्केरी भएको तीन साता पुगेको छ।  गोठमै सुत्केरी भएकी उनी अझै एक साता त्यही बस्नेछिन्। 

अँध्यारोमा वस्तुभाउसँगै बसेकी बसन्तीको काखमा नवजात शिशु पनि छ। घरमा बस्दा देवता रिसाउने भन्दै गोठमा पठाएपछि उनी चिसो जमिनको भुइँमा रात कटाउन बाध्य छिन्। उनीसँग ओढ्ने ओछ्याउने कपडा पर्याप्त मात्रामा पनि छैन। गोठमा चिसोबाट बच्चा र आफू कसरी बच्ने भन्ने चिन्ता छ। उनलाई सन्चो पनि छैन। 

दुई वर्षअघि सर्केगाड गाउँपालिका–३, उनापानी गाउँकी दुधकली सार्की सुत्केरी भएर गोठमै बस्नु परेको अनुभव सुनाइन्। सार्कीले चिसोबाट बचाउन नसकेर नवजात शिशुको ज्यान भएको दुखेसो पोखिन। न्यानो कपडा नभएर बन्द गोठमै जन्मिएको पाँच दिनमै शिशुको मृत्यु भएको सार्कीको भनाइ उस्तै छ।

‘सानै उमेरमा विवाह गरेर बच्चा जन्माइयो झनै बोझ थपियो। कहिले ढाड दुख्छ कहिले तल्लो पेट दुख्छ कहिलेकाहीँ रिंगटा लाग्छ। सानै उमेरमा विवाह गरेर समस्या आएको त होला। हुम्ला जिल्लाका अधिकांश गाउँहरूमा सुत्केरी हुँदा गोठमा राख्ने प्रचलन अझैसम्म हटेको छैन,’ उनले भनिन्। 

आर्थिक अवस्था कमजोर भएकोले पोसिलो खानेकुरा नभएको उनको भनाइ छ। छाउपडी प्रथा उन्मूलन र सुत्केरीको पोषणका क्षेत्रमा तीनै तहका सरकार सहित थुप्रै गैरसरकारी संस्थाहरू समेत यस क्षेत्रमा कार्यरत छन्।

सरकारले कर्णाली पाँच जिल्लामा स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलालाई ३ हजार भत्ता र भोटो चोलो साथै त्यसअघि गर्भजाँच बापत ८००  गरी ३ हजार ८ सय दिने व्यवस्था गरेको छ। स्थानीय स्तरमा महिलाहरूलाई यस विषयमा जानकारी नहुँदा सेवा सुविधाबाट बञ्चित भइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.