इन्जुरी समयको गोलले इटाली समूह उपविजेता बन्दै नकआउट चरणमा

इन्जुरी समयको गोलले इटाली समूह उपविजेता बन्दै नकआउट चरणमा
तस्बिर : इटालियन राष्ट्रिय फुटबल टोली

काठमाडौं : इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्जुरी समयमा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै साविक विजेता इटाली नकआउट चरणमा पुगेको हो।

५५ औं मिनेटमा क्रोएसियाका लुका मोड्रिचले गोल गरेका थिए। त्यसअघि ५४औं मिनेटमा पाएको पेनाल्टीमा मोड्रिचले गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार इटलीका किपर जियानलुजी डोनारुम्माले बचाएका थिए । null

यता इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा माटिया जाकाग्नीले गोल गरेपछि समूहको उपविजेता हुँदै इटाली अन्तिम - १६ मा पुगेको हो।  स्पेन सबै खेल जितेर समूह बी को विजेता बनेको छ ।  क्रोएसिया सन् २०१८ को फिफा विश्वकपको फाइनल र २०२२ को विश्वकपको सेमिफाइनल पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.