एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ।

 
एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ। बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ।
 
बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ। २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।
 
गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.