चन्द्रमाको दक्षिणी ध्रुवबाट माटोको नमुना लिएर फर्कियो चीनको अन्तरिक्ष यान

चन्द्रमाको दक्षिणी ध्रुवबाट माटोको नमुना लिएर फर्कियो चीनको अन्तरिक्ष यान

बेइजिङ : चीनको मानवरहित अन्तरिक्ष यान चन्द्रमाको दुर्गम अज्ञात भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ। करिब दुई महिनापछि चाङ्गे–६ मंगलबार भित्री मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको थियो।

चन्द्रमाबाट ल्याइएका नमूनाहरूले ग्रहहरूको गठनका बारेमा धेरै महत्त्वपूर्ण जानकारी प्राप्त हुने भएकाले वैज्ञानिकहरू चाङ्गे-६ को प्रतीक्षामा थिए। चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने चीन एक मात्र देश हो, जुन यसअघि २०१९ मा गरेको थियो।

चन्द्रमाको यस भागमा अवतरण गर्न कठिन मानिन्छ किनभने  लामो दूरीका साथै त्यहाँ ठूला खाल्डाहरू र केही समतल सतहहरू छन्।

वैज्ञानिकहरू चन्द्रमामा मिसनहरू पठाउन इच्छुक छन् किनभने उनीहरूका अनुसार त्यहाँ बरफको निशान हुन सक्छ जसले अक्सिजन, पानी र हाइड्रोजन बनाउन मद्दत गर्न सक्छ।

चाङ्गे–६ मिसन चीनका लागि निकै महत्वपूर्ण छ किनभने यसमार्फत उसले आफ्नो प्रतिस्पर्धी अमेरिकालाई चुनौती दिन सक्छ ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चाङए-६ मिसनको कमाण्ड सेन्टरका मानिसलाई बधाई दिन फोन गरेका थिए। जिनपिङले आफूहरूले अन्तरिक्षमा आफ्नो मिसन जारी राख्न सक्ने आशा राखेको बताए।

जिनपिङले अन्तरिक्षमा अन्वेषण जारी राख्ने र ब्रह्माण्डका रहस्यहरू पत्ता लगाउन नयाँ उचाइमा पुग्ने र मानवजातिलाई फाइदा पुग्ने आशा राखेको पनि बताए।  चाङ्गे–६ मिसनलाई मेको सुरुमा एउटा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। मे ३ मा सुरु भएको यो मिसनले यस क्षेत्रबाट दुर्लभ चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखेको थियो।

यो चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिन भागमा अवतरण गरेको थियो। उक्त चन्द्रमाको अंश पृथ्वीबाट देख्न सकिँदैन।

स्कटल्याण्डका खगोलविद् क्याथरिन हेमन्सले उक्त नमुनाबाट चन्द्रमा ४‌.५ अरब वर्ष पहिला चन्द्रमा कसरी बन्यो साथै पृथ्वीको टक्करबाट सिर्जना भएको थियो भन्ने सिद्धान्तहरू परीक्षण गर्न मद्दत गर्ने आशा व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.