ललितपुरमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार

ललितपुरमा लक्ष्मी सनराइज बैंकको सेवा विस्तार

काठमाडौं : लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। 

काठमाडौं महानगरपालिका-२२ स्थित न्युरोडमा रहेका २ शाखाहरूमध्ये एउटा शाखा ललितपुर महानगरपालिका-१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन्।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ। हालः लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.