सोकोन ईसी थर्टी सिक्स भ्यान अब नेपालमा

सोकोन ईसी थर्टी सिक्स भ्यान अब नेपालमा

काठमाडौं : नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धिले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यान नेपाली बजारमा भित्र्याएको छ। अभिनेता राजेश हमाल र एमएडब्लू बृद्धिका कमर्सियल भेहिकलका सीईओ तुषार गुप्ताले उक्त गाडी पहिलो बुक गर्ने ४१ जनालाई चाबी हस्तान्तरण गरेका छन्। 

सोकोन ईसी थर्टी भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ छ। एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णु अग्रवालले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लञ्च गर्न पाउँदा खुसी लागेको बताए। सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो। 
कम्पनीका अनुसार ११ सिटे ईभी यात्र भ्या ईसी थर्टी सिक्सले ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ। यसको शक्तिशाली ६० किलोवाटको इलैक्ट्रिक मोटर २०० एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४०% रहेको छ। यसमा जडान गरिएको ४२ के.डब्लू.एच. सी. ए. टी. एल. ब्याट्रीले १३ घण्टामा २० देखि ८०% र २५ घण्टामा ० देखि १००% सम्म छिटो चार्ज गर्ने क्षमता राख्छ। माथिका विशेषताहरूसँग बन्डल भएको १८८ मिलिमिटर को प्रभावशाली ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ। 

यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधाहरू पनि रहेका छन्। यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिंङ प्रणालीको सुविधा पनि उपलब्ध छ। भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.