वाम एकता गरेर पुरानै घट्ना दोहोर्‍याउने पक्षमा छैनौं : प्रधानमन्त्री

वाम एकता गरेर पुरानै घट्ना दोहोर्‍याउने पक्षमा छैनौं : प्रधानमन्त्री
सुन्नुहोस्

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल वामपन्थी एकता सम्भव नरहेको बताएका छन्। विगतमा वमम एकतापछि नराम्रो दुर्घटना भएको बताउँदै प्रधानमन्त्री दाहालले तत्काल वामपन्थी एकताको पक्षमा नरहेको बताए। 

चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा दाहालले वाम एकताभन्दा राजनीतिक स्थायीत्वलाई बढी जोड दिएको बताए। ‘तत्काल र हतारमा वामपन्थी एकता गर्ने पक्षमा छैनौं। राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो,’ उनले भने, ‘अहिले नै पार्टी एकता र वाम एकता भनेर फेरि पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत छौं। सतर्कताका साथ हामी अघि बढेका छौं। त्यसकारण अहिले पार्टी एकता या वाम एकताभन्दा राजनीतिक स्थायीत्वलाई र लोकतन्त्र सुदृढीकरणलाई बढी जोड दिँदै जाने भन्ने हो।’ 
 

दाहालले मन्त्रीहरूले सोचेअनुसारको गति दिन नसकेको बताए। जनताले प्रत्यक्ष अनुभूति हुनेगरी परिणाम दिन नसकेको गुनासो गरेको उनको भनाइ छ। ‘समग्रमा अहिलेको परिस्थितिमा हामीले गर्नसक्ने काम मिहिनेतका साथ गरेका छौं,’ दाहालले भने, ‘मन्त्रालयका आफ्ना जटिलताहरू पनि छन्। मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन पालन नगरेको स्थिति होइन। तर, जति गति लिनुपर्ने हो त्यति गति लिएको छैन। जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी परिणाम देखिन पर्‍यो।’ दाहाल असार १५ को राष्ट्रिय धान दिवसमा सहभागी हुन चितवन आएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.