गुल्मीमा पहिरोले घर पुर्दा चारजना बेपत्ता, एकको शव भेटियो

गुल्मीमा पहिरोले घर पुर्दा चारजना बेपत्ता, एकको शव भेटियो
सुन्नुहोस्

गुल्मी : गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । मालिका गाउँपालिका -६ कँडेलपाटाका भेषबहादुर बिकको घर गएराती पहिरोले पुर्दा एकै परिवारका पाँच जना बेपत्ता भएको वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।

गएराती परेको पानीका कारण गएको पहिले माथिबाट खसेर घर पुरेको हो । पहिरोमा परेर भेषबहादुर विक, श्रीमती सुन्तली विक, बुहारी सीता विक,नातिनी रचना विक र बिपना विक बेपत्ता भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

बेपत्तामध्ये भेषबहादुरको शव बाहिर निकालिएको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोमा पुरिएका अन्यको स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताए ।    

शुक्रबारदेखि गुल्मीलगायत आसपासका क्षेत्रमा लगातार पानी परिरहेको छ । प्रहरी निरीक्षक रामकुमार केसिको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा तर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

उद्वारको लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटना स्थलतर्फ लागेको छ । जनप्रतिनिधि, स्थानीय र प्रहरीको सहयोगमा उद्वार कार्यलाई तीब्र पारिएको छ । मालिका रिङरोड अन्तर्गत  जमलपोखरामा मेसिनरी वाल निर्माण नगर्दा सिंगो बस्ती र विद्यालय जोखिममा रहेको स्थानीयले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.