पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु

पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु
सुन्नुहोस्

बागलुङ : बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। बागलुङको गलकोट नगरपालिका–८ काँठेवास, बिसौनीमा शनिबार बिहान ३ बजे अविरल वर्षको कारण घर माथिबाट आएको पहिरोले घर पुरिँदा घरमुली ५५ वर्षीय प्रेम बहादुर विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। 

विक दम्पतीको शव पुरिएको अवस्थामा फेला परेको प्रनाउ यादवले बताए। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएकाका छन्। घाइते दुवै जनाको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रनाउ यादवले जानकारी दिए। पहिरोले घर पुरिएपछि प्रहरी र स्थानीयहरूले उद्धार गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.