नयाँ नेतृत्व चयन

एकीकृत समाजवादीको महाधिवेशन आजबाट

एकीकृत समाजवादीको महाधिवेशन आजबाट

काठमाडौं : एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको छ।

आजबाट बिहीबारसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको १० औं महाधिवेशनका रूपमा दाबी गरेको छ।

 

महाधिवेशनको पार्टी अध्यक्षमाधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ।

पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ। महाधिवेशनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ। महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य छनोट गर्नेछन्।

अध्यक्षमा नेपाल र झलनाथ खनाले आकांक्षा देखाएका छन्। यद्यपी निर्वाचन भएको खण्डमा खनालले घनश्याम भुसाललाई अगाडि सार्नेले तयारी गरेको नेताहरुले बताएका छन्। एमाले फुटेपनि समानुपातिक तर्फ पहिलो दल बन्दा गत निर्वाचनमा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी समेत बन्न सकेको छैन।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.