प्रचण्ड र ओलीबीच भेटवार्ता

ओली-देउवाको भेटप्रति प्रधानमन्त्री प्रचण्डको चासो

ओली-देउवाको भेटप्रति प्रधानमन्त्री प्रचण्डको चासो
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आज सिंहदरबारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर छलफल गरेका थिए। भेटका क्रममा संसदमा अड्किएको टीआरसी सम्बन्धी विधेयक, पछिल्लो समसामयिक राजनीति बारेमा छलफल भएको बालकोट स्रोत जनाएको छ। दुई शीर्ष नेताको भेटलाई लिएर माओवादी नेतृत्व तरंगित बनेको छ।

 माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ। कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यता ओली-देउवाको भेट भएपछि प्रधानमन्त्री प्रचण्डले ओलीलाई टेलिफोन गरि भेटवार्ताका विषयमा चासो राखेका थिए। त्यसपश्चात आज भेटवार्ता तय भएको हो। 

सिंहदरबारमा भएको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। सत्ता गठबन्धनले राष्ट्रपति विदेश भ्रमणमा गएको र बजेट पारित हुन बाँकी रहेको भन्दै सरकारका मन्त्री हेरफेर गर्ने तयारी रोकेको थियो। बजेट पारित भएकाले सरकारमा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्ने प्रचण्डको चाहना छ।

एमाले र माओवादीबाट अब एक एक जना मन्त्री फिर्ता गरेर साना दललाई मन्त्रालय दिने तयारी भएको हो। माओवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रिक्त गर्ने र उक्त मन्त्रालयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ जाने भएकी छन्। एमालेबाट एक मन्त्रालय खाली गर्ने तयारी भएको छ। त्यो मन्त्रालय जनमत पार्टीलाई दिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.