असई थमन विकको हत्या अभियुक्त पक्राउ

असई थमन विकको हत्या अभियुक्त पक्राउ
सुन्नुहोस्

महोत्तरी : सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मुछिएका महोत्तरीका पूर्वसांसद कौशल यादवलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि फरार सूचीमा रहेका पूर्वसांसद यादवलाई घरबाटै नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता एवम् डीएसपी सन्तुलाल जयसवारका अनुसार यादवलाई उनकै घर (सोनमा गाँउपालिका ५, खैरवन्नी) बाटै नियन्त्रणमा लिएको हो। गएराति सोनमा गाँउपालिका-५ स्थित हुलाकी सडकमा उनी सवार गाडीले ठक्कर दिँदा ३ जना घाइते भएको थियो। सोही घाइतेहरूले दिएको जानकारी अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएको डीएसपी जयसवारले बताए। 

उनी सवार प्र २ ०२ ००१ च ००४५ नम्बरको स्करपीओले विपरीत दिसाबाट आइरहेको डी एल ३ सी ए वाई ८६१५ नम्बरको स्करपीओलाई ठक्कर दिई फरार भएको थियो। दुर्घटनामा परी घाइते भएका ३ जनाले स्थानीय क्लिनिकमा उपचारको क्रममा दिएको बयानका आधारमा यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको पूर्वसांसद यादव उपर आवश्यक कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.