नेपाल आइडलका विजेतालाई ओलीले दिए सारङ्गी उपहार

नेपाल आइडलका विजेतालाई ओलीले दिए सारङ्गी उपहार
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमाआयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल आइडल विजेता करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिएका हुन् । null

अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई नेपालको मौलिक र पुरानो बाजा सारङ्गी उपहार दिएका थिए। अध्यक्ष ओलीले यस सफलतालाई सुरुवात मानेर प्रतिभाशाली कलाकारहरूले सफलताका पाइलाहरू अगाडि बढाउने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले कला, संस्कृति, भाषा देशको सबैभन्दा ठूलो पहिचान भएको बताउँदै करण लगायत नयाँ प्रतिभाहरूबाट यसलाई माथि उठाउने काम भएकोमा खुशी व्यक्त गरे।null

नेकपा (एमाले) साहित्य, कला संस्कृति विभाग र राष्ट्रिय जनसाँस्कृतिक महासंघ,नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘साहित्य, सङ्गीत, छन्द, भाषाको उद्गम थलो यही भूमि भएको छ। संस्कृतिको रक्षा गर्दै यसलाई हामीले अगाडि बढाउनुपर्छ।’ null

कार्यक्रममा नेपाल आइडलका विजेताहरुले बधाई तथा सम्मान गरेर आफूहरूलाई अगाडि बढ्न हौसला मिलेको बताए। बर्दियाका परियारले गत शनिबार उपाधि जितेका हुन्। परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका थिए। दर्शकको भोटका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए।

एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.