नागरिक उन्मुक्तिले अरुण चौधरीलाई मन्त्री बनाउने

नागरिक उन्मुक्तिले अरुण चौधरीलाई मन्त्री बनाउने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ। आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो।

मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतको भनाइ छ। यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारुढ दलसँग छलफल अगाडि बढाइरहेका छन्। साना दललाई समेट्न एमाले र माओवादी केन्द्रले मन्त्रि फिर्ता बोलाउने तयारी गरेका छन्।

रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन्। तर, पछिल्लो समय रञ्जिता आफैं मन्त्री बन्ने घोषणा गरेपछि अरुण बिच्किएको नाउपाभित्र चर्चा रहेको छ। उनले यस विषयमा रञ्जजितासँग जवाफ मागेपछि चित्तबुझ्दो जवाफ नआएको अरुण निकट एक नेताले जानकारी दिए। 

यससँगै केन्द्रमा अब रेशम चौधरी पक्षमा ३ सांसद भएका छन्। बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन्। पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन्।

आइतबारको बैठकले दलको नेताबाट रञ्जितालाई हटाएर ग‌ंगा चौधरी चयन गरेको छ। त्यस्तै प्रमुख सचेतक पदमा रहेका रेशमका बुबा लालवीर चौधरीलाई राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा रञ्जिताको हस्ताक्षर भने छैन।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।  पछिल्लो समय रेशम चौधरी र रञ्जिताबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद हुँदै आएको छ। उक्त विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.