गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ताको कार्यालयले तपाईंलाई क्लिन चिट दिएको हो ?

गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ताको कार्यालयले तपाईंलाई क्लिन चिट दिएको हो ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा महान्यायाधवक्ताको कार्यालयले क्लिन चिट दिएको हो ? भन्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा नेता पौडेलले सहकारी ठगी प्रकरणमा महान्यायाधवक्ताको कार्यालयले क्लिन चिट दिएको हो कि होइन ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका हुन्।

तर, नेता पौडेलले सोधेको प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछानेले मानेन्।  गृहमन्त्री लामिछानले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफूले बोल्न नमिल्ने भन्दै जवाफ दिनबाट पछि हटे। उनले भने, 'तपाईंले उठान गरेका विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेकाले  त्यसै अवस्थामा सदनमा वा कतै चर्चा गर्न उपयुक्त नभएकाले मैले बोल्न उपयुक्त नहुने कुरा जानकारी गराउन चाहन्छु।'

सांसद पौडेलले तपाईंको पासपोर्टको बारेमा महान्यायाधीवक्ताको कार्यालयले गरेको निर्णयका सन्दर्भमा सरकारको धारणा के छ ? भन्दै अर्को प्रश्न गरे। सो प्रश्नको जवाफ दिन पनि गृहमन्त्रीले मानेन्। उनले सो विषय पनि सर्वोच्चमै विचाराधीन अवस्थामा रहेको भन्दै जवाफ दिनबाट पंछिए।

नेता पौडेलले गृहमन्त्रालयसँग सम्बन्धीत आफूले दर्ता गराएका प्रश्नहरू अस्वीकृत गरेको भन्दै यसको जवाफ मागेका थिए। गृहमन्त्री लामिछानेले ती प्रश्नहरू आफूले  अस्वीकृत नगरेको र प्रक्रियागत रुपमा अस्वीकृत भएको हुनसक्ने जवाफ दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.