ठूला भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ : गृहमन्त्री

ठूला भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ : गृहमन्त्री
सुन्नुहोस्

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा भएका भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै लामिछानेले भ्रष्टाचारमा संलग्नहरूमाथि कारबाही गर्न निर्मम भएर लाग्ने भन्दै विभिन्न प्रकरणको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिए।

कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव नभएको भन्दै उनले पर्याप्त कानुनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरूको स्तरोन्नति आवश्यक रहेको बताए । विभिन्न प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव रहेको उनको भनाइ छ ।  

उनले विपद् पूर्वतयारीका लागि सरकारले सबै काम गरिरहेको भन्दै विधि प्रक्रियाबाट बिपद्मा परेका नागरिकहरूलाई सम्बोधन गर्ने जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.