पदाधिकारी बैठक

आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय भएको हो : कांग्रेस

आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय भएको हो : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागिएको जानकारी दिए।

सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतिमा हस्ताक्षर भएको उनको भनाई छ। 

उनले संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने सहमति पनि बनेको उनको भनाई छ। उनले आवश्यकताअनुसार अन्य दललाई पनि सरकारमा ल्याउन छलफल गरेर अगाडि बढ्ने बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भेट्न शितल निवास गएको भन्ने खबर आइरहेपनि त्यसमा सत्यता नभएको जिकिर गरे। उनले अस्थिरता लामो समयदेखि देखिएकाले कांग्रेस र एमाले एकै ठाउँमा आउनुपर्ने आवश्यकता देशमा देखिएकाले नयाँ समझदारी बनेको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.