ओलीले प्रधानमन्त्री प्रचण्डलाई भने : राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहोस्

ओलीले प्रधानमन्त्री प्रचण्डलाई भने : राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुहोस्
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज बिहान बालुटारमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीलाई बोलाएका हुन्। 

भेटमा एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच सहमति र नयाँ सरकारबारे जानकारी गराएका छन्। उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बालकोट स्रोतले जनाएको छ।

स्रोतका अनुसार छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह गरेपनि कांग्रेससँग सहमति भएको भन्दै अश्वीकार गरेका छन्। 

उनले भने,‘प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्नका लागि ओली सुझाव दिन बालुवाटार जानु भएको हो। उहाँले राजीनामा नदिए मन्त्रीहरुलाई राजीनामा गराउने र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता  लिने जानकारी गराउनुभएको छ।’

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएको खण्डमा नयाँ सरकार गठनको प्रक्रिया लम्बिने छ। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। दुई दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि आगामी निर्वाचनसम्म देउवाले नेतृत्वमा सरकार बन्ने छ। हाल ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्।

एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ। कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.