लुम्बिनीमा फेरिदै सरकार : असार २९ भित्र विश्वासको मत लिइ सक्नुपर्ने

लुम्बिनीमा फेरिदै सरकार : असार २९ भित्र विश्वासको मत लिइ सक्नुपर्ने

दाङ : केन्द्रमा फेरिएको सत्तासमीकरणले लुम्बिनी प्रदेशमा पनि सरकार फेरवदलको स्थिति देखा परेको छ । माओवादी केन्द्रका जोखबहादुर महराको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा यसअघि नै जनता समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले असार २९ गतेसम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था छ । 

केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमालेको भागमा परेको लुम्बिनी प्रदेशमा नेकपा एमाले अहिलेको सत्ता साझेदार दल हो । एमालेले अहिले नै समर्थन फिर्ता नलिने र २९ गते मुख्यमन्त्रीले विश्वासको मत नदिएर अहिलेका मुख्यमन्त्री जोखबहादुर महरालाई बर्खास्त गर्ने रणनीति बनाएको छ । 

एमालेको रणनीति अनुसार असार ३० गते नै संसदीय दलका नेता लिला गिरीलाई नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बन्नेछन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउनका लागि ४४ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ सदस्यको स्पष्ट बहुमत देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.