प्रशासनमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
![प्रशासनमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_jt1ai5QyI5_nT57taIRUD.jpg)
नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिक सेवाग्राहीहरूका लागि पहिलो पटक निःशुल्क स्वास्थ्य परीक्षण कार्य सुरु भएको छ।
प्रशासनमा जुनसुकै सेवाहरू नागरिकता, इपासपोर्ट, राष्ट्रिय परिचयपत्रका लागि आइरहेका ज्येष्ठ नागरिक सेवाग्राहीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
प्रशासनले नुवाकोट जिल्ला अस्पताल त्रिशूलीसँगको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण, चिनीरोग परीक्षण, रक्त परीक्षण तथा निःशुल्क रुपमा औषधि वितरण सेवा प्रदान गर्न सुरु गरिएको प्रशासकीय अधिकृत उपेन्द्र शाहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)