नेप्से परिसूचक २१ सय विन्दुमाथि, ५ अर्ब माथिको सेयर कारोबार

नेप्से परिसूचक २१ सय विन्दुमाथि, ५ अर्ब माथिको सेयर कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार भारी अंकले बढेको सेयर बजार यसदिन सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन नेप्से परिसूचक ४७.०४ प्रतिशतले बढेको थियो। सो दिन  ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

 मंगलबार सेयर बजारमा डबल सर्किट लागेको थियो। सत्ता समीकरण फेरिएसँगै सेयर बजारमा उछाल आएको लगानीकर्ताको अनुमान थियो। तर,एक दिन  बित्न नपाउँदै सेयर बजार आफ्नै लयमा फर्किएको छ।
यसदिन ३१४ स्क्रिप्सको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले बढेको सेयर बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको ९.९८  प्रतिशतले बढ्दा मञ्जुश्री फाइनान्सको ९.९६ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०८ प्रतिशतले मूल्य बढ्यो।

कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड मूल्य बढीको सेयर कारोबार भयो। आइसीएफसी फाइनान्सले १७ करोड मूल्यको सेयर कारोबार गर्दा रिलाइन्स फाइनान्सको १६ करोड,सेन्ट्रल फाइनान्सको १३ करोड र जानकी फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन पाँचवटा समूहको उपसूचक बढ्दा अन्यको सूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ र फाइनान्सको सूचक ६ प्रतिशत बढिले बढ्यो।डेभलपमेन्ट बैंकको २.७१ प्रतिशतले  सूचक बढ्दा इन्भेस्टमेन्टको ०.१८ प्रतिशत र बैंकिङ समूहको उपसूचक ०.६३ प्रतिशतले बढ्यो।

कारोबारमा आएका १०१ स्टक्सको मूल्य बढ्दा १३६ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.