सेयर बजारमा १५ अंकको वृद्धि, ६ अर्बमाथिको कारोबार

सेयर बजारमा १५ अंकको वृद्धि, ६ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ३.७९ अंकले बढेको  नेप्से यसदिन १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्ड‍ेक्स ०.४९ प्रतिशतले बढेर ३७४.७० विन्दुमा अडिएको छ। यसदिन ३१३ स्क्रिप्सको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ६ अर्ब ४८ करोड २५लाख ४६ हजार ९८० रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आँखुखोला जविद्युतको सेयर १० प्रतिशतले बढ्यो।

समाज लघुवित्त वित्तिय संस्थाको सेयर ९.२३ प्रतिशतले बढ्दा आराम्भ चौतारी लघुवित्तको ७.३३ प्रतिशत,सांग्रिला डेभलपेन्टको ६.४२ र एक्सेल  डेभलपमेन्ट बैंकको सेयर ६.० प्रतिशतले बढ्यो। यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। स कम्पनीको ३० करोड मूल्य बढिको सेयर कारोबार भयो।

नेपाल फाइनान्स र  महालक्ष्मी विकास बैंकले १७/१७ लाख मूल्य बढिको सेयर कारोबार गरे। यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड र मञ्जुश्री फाइनान्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। मनु एण्ड प्रो र फाइनान्स समूहको उपसूचकबाहेक 
अन्यको उपसूचक सकारात्मक देखिए।

कारोबारमा आएका १४९ स्टकको मूल्य बढ्दा ९२ वटाको स्टकको मूल्य घट्यो। बाँकी ६ स्टकको मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.