बेनीका ७ विद्यालयको कक्षा घटुवा

बेनीका ७ विद्यालयको कक्षा घटुवा
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या न्यून भएका ७ वटा विद्यालयको कक्षा घटुवा गरेको छ। ७ जना भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरूको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। बेनी नगरपालिकाको शिक्षा शाखाका उपसिचव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताए।  

‘सुविधायुक्त भवन, इन्टरनेट, विद्युत, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँ सराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी संख्या घट्दै जानुलाई चुनौतीका रुपमा लिएका छौं,’ उनले भने ‘कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) भएको थियो।’

कक्षा ४ सम्मको पढाइ हुने चेतना आधारभूत विद्यालयमा कक्षा १ सम्म झारेर १ जना शिक्षकलाई बेनी सामुदायिक माविमा व्यवस्थापन गरिएको छ। बेनपा–९ को पद्यमबराह आधारभूतलाई १–५ बाट कक्षा १ सम्म झारेर त्यहाँका शिक्षकलाई बराह आधारभूतमा पठाइएको छ। 

१–५ बाट १–३ मा झारिएको ढोलथान आधारभूतका २ जना शिक्षकको दरबन्दी भने सोही विद्यालयमा कायम गरिएको छ। १–८ बाट १–५ कक्षामा झरेको बेनपा–२ को हंशबाहिनी आधारभूत विद्यालयका १ जना शिक्षकलाई बालमन्दिर र १ जनालाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको शिक्षा उपचिव पौडेलले बताए। 

१–५ बाट १–३ मा झारिएको गणेश आधारभूत विद्यालय बेनपा–५ का २ जना शिक्षकलाई प्रकाश मावि र सरस्वती मावि तातोपानीमा व्यवस्थापन गरिएको छ। १–५ बाट १–३ मा झारिएको जगन्नाध आधारभूत विद्यालयमा २ जनामा शिक्षक राखिएको छ। १–५ बाट १–३ मा झरेको बेनपा–४ थामडाडाको भृकुटी आधारभूतका १ जना शिक्षकलाई भूमे आधारभूतमा स्थानान्तरण गरिएको छ। अर्का एक जना शिक्षक अनिवार्य अवकास लिने तयारीमा भएकाले सोही विद्यालयमा राखिएको छ। 

समायोजन भएका विद्यालयका विद्यालयका विद्यार्थीलाई नजिकैको अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको र नजिकै अर्को विद्यालय नभएका ठाउँका बालबालिका शिक्षाबाट बञ्चित नहोउन भनेर कक्षा समायोजन नगरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए। 

तीव्र बसाइँ सराई, निजी विद्यालय तर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अंग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय संकटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.